संखुवासभा हत्या प्रकरण :छ जनालाई ह्याम्बरले हिर्काएको आशंका

संखुवासभा हत्या प्रकरण :छ जनालाई ह्याम्बरले हिर्काएको आशंका

विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनालाई ह्याम्बरले हिर्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनास्थल ‘लाश जाँच प्रकृति मुचुल्का’ गर्ने क्रममा मृतक छ जनाकै टाउकोमा ह्याम्बरले हिर्काएको पाइएको हो ।

प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरिरहेको छ । हिजो मृत फेला परेका मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कि समेत ६ जनाको टाउकोमा चोट देखिएको छ ।
संघिय प्रहरी इकाइ कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरिक्षक (एसपी) भिम दाहाल नेतृत्वको टोलि घटनास्थलमा रहेको छ । ह्यामर जस्तो गह्रौं वस्तुले हिर्काएर सामुहिक हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ ।
उपरीक्षक दाहाल नेतृत्वको टोलि सोमबार राती नै घटनास्थलमा पुगेको थियो । घटनास्थलमा ‘डग स्निफिङ’ गराइएको छ । घटनास्थल अनुसन्धान गर्न जमर्न सेफर्ड जातका लैला र पिपु नामका कुकुर परिचालन गरिएको थियो ।

सबै कोणबाट अनुसन्धानको काम भईरहेको छ, प्रहरी उपरीक्षक दाहालले भन्नुभयो–संभावित तथ्य नजिक छौं । मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
तेज बहादुरकी आमा ८४ वर्षीया पार्वती, पत्नी कमला र बुहारी रञ्जनाले सुनका गहना लगाएका थिए । उनीहरुले लगाएको सवै गहना शवसँगै फेला परेको थियो ।

शव पोष्टमार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाउने तयारी भईरहेको उपरीक्षक दाहालले जानकारी दिनुभयो । घरबाहिर चार ठाउँमा फेला शवल परेको थियो । ८ वर्षीय बालकको शव घरभन्दा पर बारीमा फेला परेको थियो । रञ्जन कार्कीको शव खोलामा र ५२ वर्षीय तेज बहादुरको शव सडकमा फेला परेको थियो ।
परिवारका एकजना सदस्य जिवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला पर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्