मुख्यमन्त्री नेपालीद्वारा भेन्टिलेटर हस्तान्तरण

मुख्यमन्त्री नेपालीद्वारा भेन्टिलेटर हस्तान्तरण

गण्डकी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँ र नेपाल भेन्टिलेटर सोसाइटीलाई एक-एक थान भेन्टिलेटर हस्तान्तरण गर्नुभएको छ ।

ती भेन्टिलेटर नेपाल चीन जनमैत्री सङघको सक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट उपलब्ध गराइएको थियो । आज आयोजित कार्यक्रममा मुख्यमन्त्री नेपालीले अस्पतालका प्रशासक प्रदीप पौडेल र डा डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा सरोज पोखरेललाई उपकरण प्रदान गर्नुभएको थियो । सो अवसरमा सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले पोखरा महानगरपालिकासँग भगिनीसम्बन्ध गाँसेका ग्वान्जाआले विभिन्न समयमा सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्