विराटनगर ।
विराटनगर १५ हनुमान मन्दिर स्थित रानी सडक खण्डमा दक्षिण जादै गरेको बि आर ३८ टी २१६४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाईते भएका छन् ।
हिजो दिउसो साढे २ बजे भएको दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक भारत जोगबनी का ३५ बर्षीय कुन्दन साहको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत जोगबनीकै ३२ बर्षीय अर्जुन सिंहको सोही अस्पतालमानै उपचार भईरहेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।