संखुवासभा हत्या प्रकरण ः डीआईजी अरुणकुमार बिसी घटनास्थल जाँदै, ईटहरीमा सामूहिक दाहसंस्कार

संखुवासभा हत्या प्रकरण ः डीआईजी अरुणकुमार बिसी घटनास्थल जाँदै, ईटहरीमा सामूहिक दाहसंस्कार

विराटनगर । संखुवासभामा बर्बरतपूर्वक ६ जनाको हत्या गरिएको ३ दिन भइसक्दा घटना थप रहस्य बनिरहेको बेला प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुण कुमार बिसी घटनाबारे थप जानकारी लिन घटनास्थलतर्फ लागेका छन् ।
स्थलगत रूपमै गएर घटनाको वास्तविकता पत्ता लगाएर अनुसन्धानलाई निस्कर्षमा पुर्याउन डिआईजी बुधबार बिहान विराटनगरबाट घटनस्थलतर्फ हिँडेका हुन् । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको थियो ।

घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धीको जानकारी बीसीले लिने छन् । डिआईजी बिसीका अनुसन्धानमा खटिएका प्रहरीलाई हौसला प्रदान गर्दै आगामी अनुसन्धानमा अपनाउनुपर्ने रणनीति एवं प्रहरीले घटनालाई निस्कर्षमा पु¥याउन खेल्नुपर्ने भूमिकाका बारेमा आवश्यक निर्देशन दिने बताइएको छ । आफै घटनास्थल पुगेर बीसीले नेतृत्व लिएपछि दर्दनाक हत्याको अनुसन्धान चाँडै निस्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले अहिलेसम्म घटनाका बारेमा कुनै संकेत मिल्न नसकेको बताउनुभएको छ । तर सबैतिर नाका शिल गर्दै हत्यामा संलग्नको पहिचान र खोजीमा प्रहरी जुटेको राईले बताउनुभयो ।
८५ वर्षीय बौदमान कार्कीको घरका ६ जनाको हत्या हुँदा उनी सकुशल भेटिएका छन् । एसपी राईका अनुसार तत्कालको अनुसन्धानबाट कार्की परिवारको कोहीकसैसँग पुरानो रिसईबी देखिँदैन । घटनापछि त्रसित एवं आतंकित बनेको गाउँ सामान्य अवस्थामा फर्किन सकेको छैन ।

झापामा जग्गा किनेर पास गराउने तयारी गरिरहेका बेला बौदमानको परिवारै सखाप बनाइएको हो । जग्गा किन्ने पैसा लुट्न हत्या गरिएको आशंका स्थानीयको थियो । प्रहरीको पनि सुरुवाती आशंका स्थानीयसँग मिल्यो । तर प्रहरीकै प्रारम्भिक अनुसन्धानले त्यो आशंकालाई टाढा बनाइदिँदा घटना जटिल मोडमा पुगेको छ ।
एसपी राईका अनुसार घरभित्रै नगद र गरगहना सुरक्षित फेला परेपछि हत्या आर्थिक पाटोतर्फ नजोडिएको पाइएको छ । लगभग चार लाख ७० हजारभन्दा बढी नगद र सुन एवं चाँदीका गहना घरभित्रै भेटिएको प्रहरी स्रोतले बतायो । आशंका र प्रारम्भिक अनुसन्धानबीच मेल नखाएपछि वास्तविकता पत्ता लगाउन र हत्याराको पहिचानमा समय लाग्नसक्ने बताइएको छ ।
घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय इकाई प्रहरी कार्यालय धरान, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लगायतका टोली खटिएका छन् । विशेषज्ञ टोलीसहित प्रहरी अनुसन्धानमा जुटे पनि घटनामा कुनै निस्कर्ष निकाल्न सकिरहेको छैन ।

प्रहरीले अनुसन्धानका लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई प्रयोग गरेको थियो । तर कुकुरबाट गराइएको ‘स्निफिङ’ प्रभावकारी हुन सकेन । अनुसन्धानमा कुकुरको प्रयोगले कुनै संकेत नमिलेको बताइन्छ ।
फरेन्सिक तालिम प्राप्त चिकित्सकसहित घटनास्थलमा पुगेको एसपी भीम दाहाल नेतृत्वको टोली अहिले पनि अनुसन्धानमै व्यस्त छ । चिकित्सकले सोमबार बिहानतिर घटना भएको हुनसक्ने बताएका छन् । हत्या गरिएकामध्ये पाँच जनाको टाउकोमा चोट देखिएको प्रहरीले बताएको छ ।
प्रहरीले पछाडिबाट टाउकामा कुनै बस्तुले हानेर हत्या गरिएको हुनसक्ने आशंका गरेको छ । घटना र शवको प्रकृति हेरेर चिकित्सकले पनि यही संकेत गरेका छन् । एकै पटक ६ जनाको हत्या हुँदा पनि धारिलो हतियार प्रयोग गरेको पाइँदैन । छरछिमेकीले पनि घटना थाहा नपाएको बताएका छन् । यसलाई प्रहरीले निक्कै अनौठो घटनाका रूपमा लिएको छ ।

घटनाको अनुसन्धानका लागि सीआईबीबाट खटिएको डीएसपी रुगम कुँवर नेतृत्वको टोली मंगलबार राति घटनास्थल पुगेको छ । मादी–१ का बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ९तेजबहादुरकी पत्नी० ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको अवस्थामा सोमबार बिहान शव भेटिएको हो । सबै शव घटना भएको ४८ घण्टापछि उठाएर मंगलबार राति पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । शवको बुधबार दिउँसोबाट पोस्टमार्टम सुरु गरिएको छ ।
तेजबहादुर कार्कीसहित छ जनाको इटहरीस्थित बूढीगङ्गा मुक्तिघाटमा दाहसंस्कार गरिने भएको हो । मृतकका भतिज विनोद कार्कीका अनुसार बूढीगङ्गा मुक्तिघाटमा आज बेलुका अन्त्यष्टि गरिने छ । अन्त्येष्टिका लागि तेजबहादुर कार्कीका कान्छा छोरा रमेश कार्की विदेशबाट आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्