काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उमदेवारी घोषणा

<span class='c1'>काँग्रेस महामन्त्रीमा विश्वप्रकाश</span> <span class='c2'>शर्माको उमदेवारी घोषणा</span>

विराटनगर । पार्टीको १४ औं महाधिवेशनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।
सो क्रममा शर्माले १५ वर्ष लगातार काँग्रेसलाई सरकार सञ्चालनको परिकल्पनाका साथ आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । बीपीले काँग्रेसले लगातार १५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशको आर्थिक समृद्धि हुन सक्ने र जनताको जीवनस्तर पनि माथि उठ्न सक्ने धारणा राख्ने गर्नु भएको थियो । सोही मन्त्रलाई आत्मसाथ गर्दै प्रवक्ता शर्माले आफ्नो उम्मेदवारी बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न पनि भएको बताउनुभयो ।

महामन्त्रीमा यस अगाडी काँग्रेसका प्रभावशाली युवा नेता गगन थापाले पनि उमेद्वारी घोषणा गरिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्