संखुवासभा |
संखुवासभा मकालु गाऊपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी-किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. रहेका छन् । बिकको हिजो दिउसो २ बजे उनि आफैले चलाएको ज.१क.४१२ नम्बरको जेसिबी ( लोडर ) काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाशलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल खादबारी पठाईएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।