पत्नीको स्मृतिमा भवन निर्माण

पत्नीको स्मृतिमा भवन निर्माण

कानेपोखरी । मोरङ पथरी शनिश्चरे ३ शान्ती चोक निवासी मुक्तीनाथ गौतमले आफ्नो स्वर्गीय धर्मपत्नी गोमादेवी गौतमको सम्झनामा ‘गोमादेवी स्मृति भवन’ निर्माण गर्नु भएको छ । सो स्मृति भवनको उद्घाटन बिहिबार समाजसेवी सुनिल शर्माले गरेका हुन । उद्घाटनसँगै निर्माणकर्ता मुक्तिनाथले त्यस भवन स्थानीय श्री सिद्धेश्वर शिवपंचायन मन्दिरको मातहतमा रहने गरि हस्तान्तरण गर्नु भएको छ ।

२० लाखको लगानी निर्माण भएको १ तले भवनमा सिद्धेश्वर मन्दिरमा आयोजना हुने विभिन्न धार्मिक कार्यको सहजीकरणका लागि प्रयोग गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त दंगालले बताउनुभयो । भवन संरक्षणको जिम्मेवारी लिदैँ भवन संरक्षण एवं प्रयोगका निम्ति हस्तान्तरण गरेकोमा सम्पूर्ण गौतम परिवारलाई धन्यवाद दिए साथै आगामी दिनमा पनि साथ र सहयोगको आशा रहेको पनि बताउनुभयो ।

सो कार्यक्रममा बोल्दैँ प्रमुख अतिथि सुनिल शर्माले धार्मिक कार्यक्रममा आएर मन्दिरको निम्ति निर्माण भएको भवन उद्घाटन गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउनभुयो। अब चाडैँ यस शिद्धेश्वर मन्दिरका नाममा एउटा एम्बुलेन्स प्रदान गर्ने बाचा समेत शर्माले गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्