धरानबाट सरकारी छाप दस्तखत किर्ते तथा ठगी आरोपमा एकजना पक्राउ

धरानबाट सरकारी छाप दस्तखत किर्ते तथा ठगी आरोपमा एकजना पक्राउ

धरान । धरान उपमहानगरपालिका–५ तल्लो देउरालीस्थित दिपक लिम्बुको घर डेरामा लिएर सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्दै आएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरि ठगी आरोपमा महोत्तरी पशुपतिनगर ४ घर भएका ५२ बर्षीय कुमार थापा मगर भन्ने अमर बहादुर लामिछानेलाई पक्राउ गरेको हो ।

आफु लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भनि प्रलोभन देखाई सर्वसाधरण मानिसहरुलाई ठगी प्रलोभनमा पारी नगद रकम लिई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो वापत मोटो रकम माग समेत लिए पश्चात लेनदेन प्रकृतीको कागज बनाई झुक्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको थियो ।

प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ लेखेको रवरको छाप, गोप्य लेखेको रवरको छाप, जिबछ लामिछाने समेत लेखेको रवरको छाप, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छाप , प्रहरी निरीक्षक लेखेको रवरको छाप, उपसचिव लेखेको रवरको छाप, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप, शाखा अधिकृत लेखेको छाप लगायत बिभिन्न कागजातहरु फेला बरामद गरेको छ ।
पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्