चितवनमा रगतको अभाव

<span class='c1'>चितवनमा रगतको</span> <span class='c2'>अभाव</span>

भरतपुर।

जिल्लामा रगतको अभाव हुन थालेको छ । चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो ।

जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगत पुर्याउन निकै कठिन हुन थालेको छ । सम्बन्धित बिरामीका आफन्त र स्वयम्सेवीहरुको भरमा रगतको माग धानिएको हो । उहाँका अनुसार बिरामीको चाप बढेसँगै रगतको माग बढेको हो । कोरोनाको खोप लगाएकाले दुई साता रक्तदान गर्न मिल्दैन । मुख्य रक्तदाताहरु भएको समूहले अहिले खोप लगाइरहेको छ । यससँगै नेपाली कांग्रेसको निर्वाचन र कम्युनिष्ट पार्टीहरुको सङ्गठन विस्तार अभियानका कारण रक्तदान कार्यक्रम हुन सकेका छैनन् ।

यस्तै चाडपर्व पनि रक्तदान कार्यक्रम घट्नुको अर्को कारण हो । भाइरल फिवर र कोरोनाका बिरामीले गर्दा पनि रगत आपूर्तिमा कमी आएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा धेरै रगतको माग हुने गर्दछ । यससँगै भरतपुर अस्पताल, दुई मेडिकल कलेज र साना अस्पतालमा यहाँ सङ्कलित रगत जाने गर्दछ । पौडेलले रक्तदान कार्यक्रमको आयोजना गरी रगत सङ्कलनमा सहयोग पुर्याउन अनुरोध गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्