मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा पद तथा गोपनीयताको शपथ

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती।

बागमती प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।

आयोगको उपाध्यक्षमा नियुक्त डा जगतबहादुर बस्नेत, सदस्यहरु ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई हेटौँडामा आज एक समारोहबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका बस्नेतलाई उपाध्यक्ष तथा रामेछापका श्रेष्ठ, काठमाडौँकी ताम्राकार र प्याकुरेललाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्