खुकुरी प्रहार गरि हत्या

खुकुरी प्रहार गरि हत्या

ओखलढुंगा । खिजिदेम्बा गाऊपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ रहेका छन् ।

आज दिउसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई खुकुरी सहित हत्यामा सम्लग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाऊ सहित पक्राउ गरेको छ । उनिहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल खटि गएको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्