प्रदेश १ मा २०७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा २०७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण देखिएको छ । ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा २, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३७, सुन्दरहरैचा र लेटाङमा ४–४, उर्लाबारीमा ३, केराबारीमा २, सुनबर्षी र ग्रामथानमा १–१, झापाको दमकमा ११, भद्रपुरमा ९,विर्तामोडमा ६, कचनकवलमा २, हल्दिबारी, शिवसताक्षी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा १९, धरानमा ६ र बराहक्षेत्रमा १, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा १–१, खोटाङको खोटेहाङ, इलामको चुलाचुली, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७९ जना महिला र १०९ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्