संखुवासभा मादि हत्याकाण्डका आरोपी सार्वजानिक गर्दै प्रहरी

<span class='c1'>संखुवासभा मादि हत्याकाण्डका आरोपी</span> <span class='c2'>सार्वजानिक गर्दै प्रहरी</span>

विराटनगर । भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजानिक गर्ने तयारी गरेको छ ।एकै परिवारको ६ जनाको बीभत्स हत्यामा संलग्न आरोपमा उम्लिङ–१ मादिकै लोकबहादुर कार्कीलाई प्रदेश प्रहरी कार्यालयले, इलाका प्रहरी कार्यालयमा सार्वजानिक गर्न लागिएको हो ।

मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

हत्यापछि अनुसन्धानमा खटिएको प्रहरीको निष्कर्ष तथा आरोपितको प्रारम्भिक बयानबाट खुल्न आएको तथ्यसहित प्रहरीले घटनाको सार्वजानिक गर्ने भएको छ । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गरेको हो । प्रहरीले घटना रिसिइबी वा तत्कालीन आवेगमा केन्द्रित रहेको भन्दै अनुसन्धान सुरु गरेपछि भदौ २६ गते अभियुक्त लोकबहादुर कार्कीले अपराध अपराध कबुल गरेको दावी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्