३३ वर्ष स्वयंसेवक, बिदाईमा सम्मान

<span class='c1'>३३ वर्ष स्वयंसेवक,</span> <span class='c2'>बिदाईमा सम्मान</span>

इटहरी । इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ ।
३३ बर्षअघि देखि कार्यरत रहि ६० बर्षे उमेर हदका कारण बिदाई हुनु्पर्ने विष्णुतारा नेपाली, गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले बिदाई गर्नुभयो । उहाँहरुलाई ३० हजार रकम प्रोत्साहन भत्ता सहित विदाई गरिएको हो ।

कार्यक्रममा प्रमुख चौधरीले उहाँहरुले स्वास्थ्यक्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंशनीय छ ।” इटहरीमा १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्