बससँग ठक्कर खाई मोटरसाईकल यात्रीको मृत्यु

<span class='c1'>बससँग ठक्कर खाई</span> <span class='c2'>मोटरसाईकल यात्रीको मृत्यु</span>

धनकुटा । धनकुटा सागुरीगढी गाऊपालिका ६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाऊपालिका ४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् ।

संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक ईलाम चुलाचुली गाऊपालिका ६ का ३३ बर्षीय रत्न कुमार राई समेत सामान्य घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ ।

बस र बस चालक सुनसरी धरान १३ का ५८ बर्षीय कृष्ण बहादुर पाख्रिन ईलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्