उपचार सहयोगार्थ संकलित रकम संगीतकर्मी स्व. चौधरीको परिवारलाई हस्तान्तरण

उपचार सहयोगार्थ संकलित रकम  संगीतकर्मी  स्व. चौधरीको परिवारलाई हस्तान्तरण

विराटनगर।

आकृति रानी फुयल

लामोसमयदेखि बोनम्यारो क्यान्सरले थला परेका झापाको विर्तामोडका चर्चित गायक राजु चौधरीको उपचारका क्रममा गत शुक्रबार भारतमा निधन भएको छ। उपचार सहयोगार्थ संकलित १ लाख ३० हजार रकम आज उनकै परिवारलाई हस्तान्तरण गरिएको छ ।

उनलाई बोनम्यारो ट्रान्सप्लाण्टका लागि भारत लागिएको थियो । संगीत क्षेत्रमा बिर्तामोडको रेडियम म्युजिसीयन बैण्डसंग जोडिएर चौधरी निक्कै अगाडी बढिसकेका संगीतकर्मी थिए।

उपचारका क्रममा ट्रान्सप्लाण्ट गरेको मात्र रु २५ लाख लाग्ने भएकाले उनका लागि देशव्यापी रुपमा संगीतकर्मीहरुको समुहले विभिन्न सांगीतिक कार्यक्रमहरु गर्दै आर्थिक संकलन अभियान चलाएको थियो। त्यसैक्रममा विराटनगर म्युजिसियन बैण्डले पनि सो अभियानमा साथ दिदैं बिराटनगरको सेन्ट्रल मल र भाटभटेनि,ट्राफिक चोक अगाडी विभिन्न सांगीतिक प्रस्तुति गरि २ दिनमा १ लाख ३० हजार रकम संकलन गर्न सफल भएको थियो।

आज विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको नेतृत्वमा राष्ट्रिय गायक सुमित खड्काका साथै विराटनगर म्युजिसियन बैण्डका संगीतकर्मी साथीहरुको उपस्थितिमा संकलित रकम आफुहरुले संगीतकर्मी स्व. राजु चौधरीको परिवारलाई हस्तान्तरण गरेको बैण्डका सदस्य शुभम न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्