उपचार हेलचेक्राँईले बिरामीको मृत्यु भएको भन्दै कोशी अस्पताल विराटनगरमा आफन्तद्वारा लाससहित प्रदर्शन

उपचार हेलचेक्राँईले बिरामीको मृत्यु भएको भन्दै कोशी अस्पताल विराटनगरमा आफन्तद्वारा लाससहित प्रदर्शन

विराटनगर । कोशी अस्पतालमा विराटनगर–१५ रानीका ६० वर्षीय रामचन्द्र मण्डलको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । अस्पतालमा पु¥याइएका मण्डलको उपचारका ढिलासुस्ती हुँदा मृत्यु भएको भन्दै प्रशासन अगाडी लास राखेर आफन्त आन्दोलित भएका हुन् ।

उनीहरुले मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासको विरोध गर्दै नाराबाजी गरेका छन् । मृतककी छोरी ललिता मण्डलका अनुसार सिकिस्त विरामी भएपछि भर्ना लागि लैजाँदा अनावश्यक परीक्षण गर्न लगाएर बिरामी भर्ना नलिएको आरोप लगाउनुभयो । आकस्मिक कक्षमा भर्नाका लागि प्रक्रिया बढाउन भने, ललिताले भन्नुभयो–पूर्जा कटाएर आएपछि भर्ना नै नगरी सिटी स्क्यान गर्न पठाए, सिटी स्क्यान गराएर आएपछि रिपोर्ट आउनुपर्छ भने ।

अस्पताल परिसरमा बस्दाबस्दै आफ्ना बुबाको मृत्यु भईसकेपछि मात्रै सबैले चासो दिएको पीडित छोरी ललिताको भनाई छ । भर्ना गरेर चेकजाँच गर्नु अगाडी नै आलटाल गरेका कारण मृत्यु भएको भन्दै आफन्तले अस्पतालको लापवाहीका कारण मृत्यु भएको गुनासो गरेका हुन् । अस्पतालमै हेलचेक्राँई गरेर मारिएको भन्दै उनीहरुले लासलाई अस्पताल परिसरमा राखेर विरोध गरेका हुन् ।

अस्पताल प्रशासनले भने उपचारको प्रक्रिया सुरु गरिसकेको भएपनि बिरामीको मृत्यु भएको दावी गरेको छ । सिकिस्त भएर ल्याएको बिरामीको उपचार सुरु गरिसकिएको अस्पतालले बताएपनि आफन्तले त्यसलाई अस्वीकार गर्दै आन्दोलन जारी राखेका हुन् । प्रशासनले आक्रोशित आफन्तसँग केहिबेर बिरामीको मृत्युको कारणबारे जानकारी दिदैं वार्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्