विराटनगर । काठमाण्डौं बाहिर पहिलो पटक विराटनगरस्थित नोबेल नोबेल टिचिङ अस्पतालमा एक बिरामीको मृगौलाको सफल प्रत्यारोपण भएको छ । नेपालकमा मृगौला प्रत्यारोपण गर्ने अस्पतालमध्ये काठमाण्डौं बाहिर नोबेलमा पहिलो पटक सफल भएको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले सफलतापूर्वक मृगौला प्रत्यारोपण भएको जानकारी दिनुभयो । सुनसरी धरानका ३४ वर्षीय टेकनाथ भुर्तेलको मृगौलाको सफल प्रत्यारोपण अस्पतालले गरेको हो ।
जनसम्पर्क अधिकृत दाहालका अनुसार गत शनिबार भएको शल्यक्रियाको नेतृत्व डा.शैलेन्द्र श्रेष्ठले गर्नु भएको थियो । डेढवर्ष मृगौला डाइलासिस गराउँदै आउनु भएका बिरामी भुर्तेलको मृत्गौला प्रत्यारोपण गरिएको थियो ।