सुनसरीबाट लागूऔषधसहित ३ जना पक्राउ

सुनसरीबाट लागूऔषधसहित ३ जना पक्राउ

विराटनगर ।

सुनसरीको कोशी गाऊपालिका ८ कोशी कटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद रु. २० हजार सहित हिजो दिउँसो ३ बजे पक्राउ गरिएको हो ।

पक्राउ परेका तिनैजना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्