कोशी अस्पताल विराटनगरमा पुनः पीसीआर परीक्षण गराउँनेसँग शुल्क असुल

कोशी अस्पताल विराटनगरमा पुनः पीसीआर परीक्षण गराउँनेसँग शुल्क असुल

विराटनगर।

आकृति रानी फुयल |

सरकारी कोशी अस्पताल विराटनगरमा पुनः पीसीआर परीक्षण गर्दा सेवाग्राहीबाट शुल्क लिन थालिएको छ । अस्पतालले कुनै सेवाग्राहीले आफ्नो ईच्छा, आवश्यकताले वा कोरोना पोजेटिभ भएर पुनः परीक्षण गराउन आएको खण्डमा शुल्क लिने गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम नै शुल्क असुल गर्ने गरेको बताउनुभयो । उहाँले विदेश जाने, वा आफैं ईच्छाले पीसीआर गराउन चाहनेसँग शुल्क लिइने गरिएको बताउनुभयो । त्यसबाहेक पोजेटिभ आएर पुनः परीक्षण गराउन आउनेसँग समेत रकम एक हजार ५० रुपैँया शुल्क लिने गरिएको बताउनुभयो । पुनः परीक्षण गर्नु पर्दैन भनेर स्वास्थ्य मन्त्रालयले भनिसकेको छ, यदि कसैले पोजेटिभपछि पुनः परीक्षण गर्न आएमा शुल्क लाग्छ, मेसु दासले भन्नुभयो–पोजेटिभहरुले आईसोलेशनमा बसेपछि पुनः परीक्षण गराउनु पर्दैन ।

सरकारी अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गराउन सुनसरीको इनरुवा–६ बाट आउनु भएका चोमन रिजालले शुल्क लिइएको गुनासो गर्नुभयो । श्रीमती अर्चना गेलालसहित कोशीमा पीसीआर परीक्षण गराउन जानुभएका रिजालसँग पुनः परीक्षण गरिए वापत शुल्क लिइएको अस्पतालले प्रशासनले जनाएको थियो । सरकरद्वारा गराइएको स्वास्थ्य बिमाको उपचार पनि सरकारी अस्पतालले मात्र गर्न पाउने व्यवस्था गरेकोले बिमा अन्तर्गत पर्ने आफुले दैनिक रुपमा खाने औषधिहरु पनि अस्पतालले नदिएको भन्दै रिजाल दम्पतिले गुनासो गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाले भने सेवाग्राहीको पीसीआर परीक्षण निःशुल्क गराउँदै आएको छ । महानगरवासीका लागि पीसीआर केन्द्रमा निःशुल्क परीक्षण हुने गरेको स्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्