राप्रपा मोरंगमा केन्द्रिय सदस्य आरति गेलालसहित सयभन्दा बढीद्वारा संयुक्त राजिनामा

<span class='c1'>राप्रपा मोरंगमा केन्द्रिय सदस्य आरति गेलालसहित</span> <span class='c2'> सयभन्दा बढीद्वारा संयुक्त राजिनामा</span>

विराटनगर।

राष्ट्रिय प्रजातन्त्र पार्टी मोरंगबाट केन्द्रिय सदस्य आरति गेलालसहित १ सयजना भन्दा बढी नेता तथा कार्यकर्ताले सामुहिक रुपमा राजिनामा दिएका छन्।

राजिनामा दिनेमा मोरंग जिल्ला अध्यक्ष डा. दुर्गा बहादुर अधिकारी, जिल्ला उपाध्यक्षद्वय मंजु कार्की र शोभा श्रेष्ठ त्यसैगरी जिल्ला सदस्यहरु क्रमश: रामेश्वर कटवाल , निल बहादुर तामाङ्ग, कमला निरौला, अन्जु सिंह कार्की साथै नगर अध्यक्ष निरज बस्नेत लगायत सय बढी असन्तुष्ट कार्यकर्ताहरुले संयुक्त राजिनामा दिएको नेत्री गेलालले बताईन्।

मोरंगमा राप्रपाको संगठनात्मक स्तर अत्यन्त कमजोर रहेको र यसलाई पार्टी नेतृत्वले नस्विकारेकोले आफुहरु संयुक्त रुपमा पार्टी छोड्न बाध्य भएको डा दुर्गा बहादुर अधिकारीले जानकारी दिए।

आवर बिराटनगर संग कुरा गर्दै पार्टी केन्द्रिय सदस्य गेलालले वर्तमान समयमा राप्रपा मोरंग जिल्ला कार्यसमिति चरम गुटबन्दीबाट ग्रसित, अबैधानिक तथाअसंस्थागत निर्णयमा सम्लग्न व्यक्तिहरुले पार्टीलाई एउटा फुटबल क्लवको रुपमा संचालन गरेका कारण पार्टीप्रति बफादार कार्यकर्ताहरु पलायनको बाटो रोज्न बिवस देखिएकाले राप्रापा मोरंगका १ सय ६ जना कार्यकर्ताले संयुक्त राजिनामा दिएका छन् । साथै केन्द्रमा बिराजमान नेताहरुलाई पार्टी संगठनको काम गर्ने कार्यकर्ता भन्दा केन्द्रमा बसेर नेताका वरिपरि गरेर चाकडी गर्ने , कार्यकर्ताको कुरा सुन्ने अनि चाकडी मुल्यांकनका आधारमा पद बाँडफाँड गर्ने जस्ता कुप्रथा दिन प्रतिदिन झाँगिदै,मौलाउदै गएकोले हामी जस्ता निष्ठावान कार्यकर्ताहरुले यस पार्टीको साधारण सदस्य समेत नरहने गरि सामुहिक रुपमा राजिनामा दिएका हौँ ।

परिवर्तन प्रकृतिक सार्वभौम नियम हो त्यसैले यो सबैमा लागु हुन्छ चाहे त्यो कुनै राजनैतिक ब्यवस्था होस वा राजनीतिक दल परिवर्तनलाई आत्मसाथ गर्न सको भने मात्र सबैथोक स्थाई रहन सदछ। यस यथार्तलाई बुझ्न सकेन भने कुनै पनि ब्यवस्था धरायसी हुन सक्दछ चाहे त्यो राजनीतिक दल नै किन न होस।बिगतको ईतिहासबाट पाठ नसिक्नु र वर्तमानलाई पनि सबल बनाउन चाहना नराख्ने राजनीतिक नेतृत्वले भविष्यको सफलताको खाका कोर्न सक्दैन । वर्तमान समयमा यही स्थिति वा बिसंगति राप्रपा मोरंगमा देखिएको डा. अधिकारीले बताए।

अराजनीतिक चरित्र र सोच बोकेको जिल्ला नेतृत्व सानो क्लब को रुपमा पार्टी संचालन गर्ने मनशाय राख्ने केही जनाधारे नभएका केहि केन्द्रिय सदस्यहरुसंग बसेर पार्टी संगठनात्मक कार्यमा सहकार्य गर्न नसक्ने अवस्था सृजना भएपछी सो को जानकारी पटकपटक केन्द्रिय का समा दिदाँपनि नेतृत्वले बेवास्ता गर्दै आएका कारण आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको बिज्ञप्तिमा जनाइएको छ। साथै आफुहरुले सामाजिक संजालमार्फत सम्बन्धित निकायलाई यो राजिनामा स्वीकृत गरिदिन समेत आग्रह गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्