मलेशियाबाट पाँचकोटिलाई सहयोग प्राप्त, उपचारमा सहयोग गर्नुहुन सम्पूर्णमा अपिल

मलेशियाबाट पाँचकोटिलाई सहयोग प्राप्त, उपचारमा सहयोग गर्नुहुन सम्पूर्णमा अपिल

सनम रोक्का
कानेपोखरी । जिल्ला पाँचथर हिलिहाङ ४ निवासी हाल मोरङ पथरी शनिश्चरे ३ संगम चोकमा बसोबास गरिरहेका आइन्द्र पाँचकोटिलाई हिलिहाङ निवासी हाल विदेशी भूमि मलेशियामा कार्यरतले संयुक्त रुपमा ४४ हजार रुपैयाँ सहयोग गरेका छ्न ।

सहयोगीहरू लिम्बू गान्धी योङ्हाङ, देव शाही, योगेन्द्र योङ्हाङ, केपि अधिकारी, लक्ष्मी योङ्हाङ, लक्ष्मण गौतम, नगेन्द्र ढकाल, बुद्धमान तामाङ, प्रकाश तामाङ थिङ, बाबू कान्छा, बुद्धमान तामाङ मार्फत इन्डस्ट्रीज कम्पनीबाट, किशोर राई, बबिन्द्र योङ्हाङ, नरेश नेम्बाङ, पृथ्वीनारायण चौधरी, दिनेश खवास, बुद्धिमान काम्बाङ, प्रकाश बाँस्कोटा, दुर्गा ओझा, मेदनी अधिकारी, गोपाल आचार्य, एन बि बैरागी, दिपक थापामगर जिल्ला तनहुँ, डिएक्सेन युथ ग्रुपबाट मकनसिंह तामाङको अध्यक्षता मार्फत गरि संयुक्त रूपमा सो रकम संकलन गरेर नेपाल पठाएका हुन ।

साउदी अरबमा काम गर्ने क्रममा बिरामी परेका उनको लामो समय त्यस ठाउँमा उपचार भयो तर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनी घर फर्किए । लामो समयदेखी दाहिने खुट्टामा समस्या आइ हाल प्यारालाइसिसको पिडा भोगिरहेका उनको अहिले उपचार भइरहेको छ ।
पारिवारिक आर्थिक अत्यन्तै अवस्था नाजुक भएकाले उनको उपचारमा समस्या भइरहेको परिवार बताएका छन । त्यसकारणले उनको उपचारमा सम्पूर्ण मनकारी देश तथा विदेशमा रहनु भएका नेपालीहरूले सहयोग गरिदिनुहुन अपिल गरेका छ्न ।

सहयोगका लागि पब्लिक बैकको खाता नं. ४–५५२१२४८०३ र अन्य कुराहरू जानकारी लिन योगेन्द्र योङहाङको ०१८४७२१८७२ र बबिन्द्र योङ्हाङ्को ०११२१०२७०९१ मा सम्पर्क नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
बिरामीलाई कानेपोखरी गाउँपालिकाका राजनीतिज्ञ एवं समाजसेवी बिवेक योङ्हाङले मंगलबार सो रकम एकमुष्ट हस्तान्तरण गरेका छ्न । केही समय अगाडि पाँचकोटिलाई कोरियाबाट ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्