रंगेलीको दोहमना बजारमा पशु बजारको निर्माण अलपत्र छोडे ठेकेदारले

रंगेलीको दोहमना बजारमा पशु बजारको निर्माण अलपत्र छोडे ठेकेदारले

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित दोहमना बजारमा पुरानो घर टहराहरु हटाएर नयाँ बनाउन सुरु गरेको भवन ७ महिना बितिसक्दा समेत अगाडी बढ्न सकेन । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना ललितपुरले पशु बजारको लागि निर्माण गरिने भवन अलपत्र परेको हो ।

घिसिङ श्रीखण्डपुर वि.आई.एस.जे.भी. धुलिखेलसँग भवन निर्माण सम्झौता गरि ठेक्का लागेको थियो । तर, ठेक्काको सम्भौता भएको सात महिना बितिसक्दा समेत २० प्रतिशतसम्म काम नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । नेपाल सरकारले कुल ३ करोडौं ५० लाख ३५ हजार ८ सय ५६ रुपैयाँ बराबरको लागतमा दोहमना बजारमा निर्माणकार्य सुरु भएको थियो ।

२०७७ माघ १८ गते सुरु गरेर २०७८ पुस १८ गते सम्पन्न गरि सक्नुपर्ने भएता पनि ठेक्केदारले निर्माण कार्यमा चासो नै नदेखाएका हुन् । घिसिङ श्रीखण्डपुर वि.आई. एस.जे.भी. धुलिखेलका प्रमुख मातृका चौलागाईका अनुसार पेटि ठेक्केदा लाई काम जिम्मा लागाएको हुनाले उनीहरुका कारण काममा ढिलाई भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्