सरकारकै कारण बजेट होलिडेको अवस्था : नेम्वाङ

<span class='c1'>सरकारकै कारण बजेट होलिडेको</span> <span class='c2'>अवस्था : नेम्वाङ</span>

विराटनगर । नेकपा एमाले दलका उपनेता सुवास नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्था आएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले समयमै बजेट पास गर्न सरकारले नदिएको बताउनु भएको हो ।

यसअघि एमाले विभाजनका लागि हतार–हतार अधिवेशन अन्त्य गरेको बताउँदै समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको बताएउनु भएको हो। पूर्वसभामुख समेत रहनु भएका एमाले उपनेता नेम्वाले सभामुखको भूमिका पनि विभेदकारी भएका कारण आफूहरुले विरोधमा लागेको बताउनुभयो ।

नेकपा एमाले विभाजनका लागि यसअघि आह्वान गरेको सांसद हतार हतार स्थगीत गरेको उल्लेख गर्दै उनले सभामुखको भूमिका पनि निष्पक्ष नभएको बताउनुभयो । साउन ३२ देखि भदौ २३ गतेसम्म एमाले विभाजनका लागि सदन स्थगित गरेको बताउँदै बजेट खर्च गर्न नसक्ने अवस्था सृजना गर्न सरकार जिम्मेवार रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्