जग्गाको बैना लिएर अर्कैलाई पास गर्ने धरानका कटुवाल पक्राउ, मोरङका दाहाल फरार

जग्गाको बैना लिएर अर्कैलाई पास गर्ने धरानका कटुवाल पक्राउ, मोरङका दाहाल फरार

विराटनगर । ठगी गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिई सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्रसाद अधिकारीसँग ६८ लाख ९० हजार रुपैयाँ लिएका कटुवालले जग्गा र बैना रकम नदिएपछि उनले प्रहरीमा उजुर गरेका थिए ।

कटुवाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिनु भएको हो । फरक व्यक्तिलाई पास गरेर बैना फिर्ता नगरी सम्पर्कविहीन भएका कटुवाल केही समय अदालतबाट ‘पक्राउ नगर्नु’ भन्ने अन्तरिम आदेश लिएर बसेका थिए । उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । ठगीमा संलग्न भनिएका मोरङ केराबारी घर भएका धीरजकुमार दाहाल भने फरार छन् ।

प्रहरीका अनुसार रुसिल कटुवाल र धिरजकुमार दाहालले काठमाडौंको सुकेधारा बस्ने उद्धवप्रसाद अधिकारीलाई मोरङ, केराबारी–६ स्थित विभिन्न कित्ता जग्गाहरु देखाएर ६८ हजार ९० लाख रुपैयाँ लिएका थिए । तर, जग्गा पास नगरी सम्पर्कविहीन भएपछि मोरङको मालपोत कार्यालयमा गएर बुझ्दा धिरज कुमार दाहालका नाममा रहेको भनिएको जग्गा अर्कैका नाममा विक्री भइसकेको पाइएपछि अधिकारी प्रहरीसमक्ष पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्