प्रदेश मन्त्रिमण्डल विस्तार

प्रदेश मन्त्रिमण्डल विस्तार

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री थपेर आठ सदस्यीय बनाइएको हो ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । आचार्यले संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री र झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण, मोरङका ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त गर्नु भएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो । मन्त्री मण्डल विस्तार भएसँगै प्रदेश सरकारको मन्त्रीमण्डल ८ सदस्यीय बनेको हो ।
आचार्य भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । त्यसको भोलिपल्ट ११ गते लक्षुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण र बल बहादुर साम्सोहाङ सामाजिक विकासमन्त्री नियुक्त हुनु भएको थियो ।

प्रदेश १ मा एकल बहुमत रहेको नेकपा एमालेबाट १० जना सांसदहरुले नेकपा (एकीकृत समाजवादीं रोजेपछि अल्पमतमा परेको छ । आचार्य नेतृत्वको सरकार विश्वासको मत लिने तयारीमा छ । बुधबार मन्त्रीमण्डल विस्तार गरिए पनि आचार्य नेतृत्वको मन्त्रिमण्डलमा महिलाको सहभागिता छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्