कानेपोखरी । मोरङको लेटाङ नगरपालिका ३ गुहाबारीमा संघीयलोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मञ्च नेपालले तेश्रो नगर अधिवेशन सम्पन्न गरेको छ । लेटाङ ६ को महाभारत सामुदायिक वनको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको प्रमुख अतिथ्यता र लिम्बुवान मञ्च नगर कार्यवाहक अध्यक्ष किशोर राईको अध्यक्षता भव्यतका साथ सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय, जिल्ला, नगर लगायत विभिन्न क्षेत्रबाट आएका लिम्बुवान नेताहरूको उपस्तिथि रहेको थियो ।
प्रमुख अतिथिले मैनबत्ती बालेर समुद्धघाटन गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले आआफ्नो विचार प्रष्ट रूपमा राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर गुरूङले राष्ट्रिय लिम्बुवान मञ्च समावेशी राजतिनीक पार्टी भएको बताए । यस पार्टी लिम्बुहरूको मात्र हो भनेर समाजमा गलत बुझाइ रहेको हुनाले त्यस भ्रमबाट मुक्त भइ राष्ट्रको उन्नति, प्रगती, समावेशी र समृद्धीका लागि सम्पूर्ण नागरिकहरूले यस पार्टि चुन्नु आवश्यक रहेको सुनाए । उनले अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य बनाउनुपर्ने आफुहरुले माग गर्दै आएको बताए । ‘हामी अब प्रदेशको नाम लिम्बुवान राख्ने मु्द्दामा प्रदेश सरकारसँग लड्छौं’, गुरुङले भने, ‘हाम्रो १० प्लस १ प्रदेशको माग भने केन्द्र सरकारसँग हुनेछु । प्रदेश एकमा एकजना मात्रै समानुपातिक सांसद पाए पनि लिम्बुवान आन्दोलन बलियो हुने गुरुङको दाबी छ । ‘हामीले पहिल्यैदेखि जित्दै आएका छौं । संघीयता नै सुन्न नमान्ने देशमा ७ वटा संघीय राज्य स्थापनामा सहमत गराउनेसम्मको वातावरण हाम्रै आन्दोलनले बनाएको हो’, गुरुङले भने।
कार्यक्रममा बोल्ने क्रममा जिल्ला अध्यक्ष दिलु लिङ्देनले देश स्वचालित नभइ संचालित भएको र यस्तै हिसाबले देशलाई अघि बढाइने हो भने हामी नेपालीहरू स्वतन्त्र हौं भनेर भन्ने कुरा उखानमा मात्र सिमित हुने बताइन । जनताको जनमतबाट सत्तामा पुगेका नेताहरूले कहिल्यै जनताको समस्याहरूलाई नबुझेको र आफ्नो स्वार्थमा लिप्त भएर राष्ट्रलाई भड्खालो तर्फ उन्मुख गरिइरहेको आरोप लगाइन । अब पनि हामीले सहि पार्टी र नेतृत्व छान्न सकेनौं भने हाम्रो पहिचान, धर्म, भाषा र लिपि बिस्तारै हराउँदै जानेछ, ुउनले भनिन ।
मन्तव्य राख्ने क्रममा अन्य वक्ताहरूले देशलाई एकल जातिय मानिसहरूको समुहले मात्र लामो समयदेखी नेतृत्व गरिरहेको र अन्य समुदायका मानिसहरू सत्तामा पुग्न नसकेको अवस्थामा उनिहरूको मागलाई कहिल्यै पनि सम्बोधन नगरिएको गुनासो गरे । उनिहरूले देशका ठुला भन्निने पार्टीहरूले जनतालाई दासी बनाएको जिकिर गर्दै अब देशलाई समृद्ध र सुखी नेपाली बनाउने एकमात्र विकल्प भनेको संघिय लिम्बुवान मञ्च नेपाल रहेको बताए ।
कार्यक्रमकै दौरानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान नेपालको तेस्रो ऐतिहासिक नगर अधिवेशन २०७८ को प्रतिवेदन साथै राजनीतिक एजेन्डाहरू पनि प्रस्तुत गरेका थिए । साथै सो कार्यक्रमकै क्रमका करिब ३७५ जनालाई क्रियाशिल सदस्यता प्रदान गरिएको थियो । सो अधिवेशनले किशोर राईको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हंस लिम्बु, उपाध्यक्षमा दिनेश लिम्बु , सचिवमा शेर सिंह लिम्बु, सहसचिवमा राम लिम्बु, लक्ष्मी लिम्बु, पदम चेम्जोंङ, लाल धोज लिम्बु चयन भएका छ्न ।
सदस्यहरूमा क्रमश नबिना राई, बिष्णु कुमारी लिम्बु, प्रतिक राम सांवा, याम नेम्बाङ, जिवन चेम्जोंङ, निरज लावती, झलक लिम्बु, बुद्धीमान बिक, बिजयजंग चेम्जोंङ, गोबिन्द चेम्जोंङ, लक्ष्मी लिम्बु, हरेन्द्र राई, नर कुमार लिम्बु, हरि चेम्जोंङ, देबेन्द्र लिम्बु, पुर्ण लावती लिम्बु, भिम प्रकाश योङ्हाङ, चन्द्र लिङ्दम, भिम राज लिम्बु, टिका मिभक, कबिता तामाङ र बिबेक लिम्बु रहेका छ्न