बुढिगंगामा कार दुर्घटना, चारजना घाइतेको बिराटमा उपचार हुँदै

बुढिगंगामा कार दुर्घटना, चारजना घाइतेको बिराटमा उपचार हुँदै

विराटनगर । मोरङको बुढीगंगा–३ पाईनियर उद्योग अगाडी आज भएको कार दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । कोशी राजमार्गमा विराटनगरतर्फ आईरहेको बा ११ च १५७१ नम्बरको कार आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा चारजना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालयदेखि एक किलोमिटर दक्षिण भएको दुर्घटनामा कार चालक बेलकारी नगरपालिका–१ का ३८ वर्षीय बाबुराम कार्की, ४३ वर्षीया गीता लिम्बु, ३० वर्षीया चन्द्रकला राई र ५५ वर्षीया कानी धिमाल घाइते हुनु भएको इलाका प्रहरी कार्यालय निमुवाले जानकारी दिइएको हो ।

घाइतेहरुमध्ये कार्की र लिम्बुलाई भित्री चोट लागेको र बोल्न सक्ने भएपनि राईको बाहिरी चोट नदेखिएको र बोल्न नसक्ने तथा धिमाललाई समेत बाहिरी चोट नदेखिएको तर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु चारैजनालाई विराट टिचिङ अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीले दुर्घटनामा परेको कार नियन्त्रणमा लिइएको छ । दुर्घटना बिहान १०:४० बजे भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्