बुढीगंगामा भएको कार दुर्घटनामा बेलबारी–१ निवासी चन्द्रकला राईको मृत्यु, तीन जना घाइतेको उपचार हुँदै

बुढीगंगामा भएको कार दुर्घटनामा बेलबारी–१ निवासी चन्द्रकला राईको मृत्यु, तीन जना घाइतेको उपचार हुँदै

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ निवासी ३० वर्षीया चन्द्रकला राईको बिहीबार बिहान कार दुर्घटनामा परेर मृत्यु भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकामा बिहान १०ः४० बजे भएको कार दुर्घटनामा घाइते उनको मध्यान्ह मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । मृतक चन्द्रकलासहित चारजना सवार बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भएर कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा दुर्घटनामा परेको थियो । बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।

दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएका छन् । घाइते सबैको विराटमै उपचार भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृतक चन्द्रकला र घाइते सानी मुटु सम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर उपचारका लागि विराटनगरतर्फ आउँदै गरेको खुलेको छ । दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्