कानेपोखरीमा वडासदस्यले छिमेकीलाई निर्घात कुटपिट गरे

कानेपोखरीमा वडासदस्यले छिमेकीलाई निर्घात कुटपिट गरे

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ३ का एक वडा सदस्यले छिमेकीलाई निर्घात कुटपिट गरेको छन । वडा सदस्य उदय बहादुर कार्कीले घरमै गएर छिमेकी प्रकाश भण्डारीलाई निर्घात कुटपिट गरेका हुन । मादक पदार्थ सेवन गरेका कार्कीले मंगलबार राती ८ः३० बजे खाना खाईरहेको बेला घरमै गएर कुटपिट गरेको पीडित प्रकास भण्डारीले बताए ।

वडा सदस्य कार्कीले लात्तिले हान्दा ५७ बर्षिय भण्डारीको अण्डाकोषमा लागेको थियो । घटना पछि भण्डारी सिमेन्ट पलस्टर गरेको भुइँमा लडेका थिए । भुईमा लडेपछि उनको हात र टाउँमा गहिरो चोट लागेको उपचाररत भण्डारीले बताए ।
उनलाई मंगलबार राती नै विरानगर स्थित एक हस्पिटलमा उपचारको लागि लगिएको छ । उनको हातहरु, अण्डाकोष र जिउँ पुरै सुनिएको उनले बताए । मंगलबार प्रकास भण्डारीको घरमा कोही पनि थिएन । उनका श्रीमती काठ्माडौं गएका थिए । कुटपिट गर्दा पीडितका मामामाईजुले छुट्याएको पीडितले बताए । कुट्नुको कारण भने केही पनि नभएको र खाना खाईरहेको बेला एक्कासी आएर कुट्पिट गरेको पीडितले बताए ।

उता पीडित पक्षले बुधबार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको पीडिका परिवारले बताए । उता वडा सदस्य कार्कीले भने घरमा हल्ला गर्दै थियो र घरमा गएर हल्ला नगर्नु भन्दा आफैसँग आइलागेकोले मेरो खुट्टाले लागेको बताए । उनले आफै लड्ँदा चोटपटक लागेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्