विराटनगर–काठमाण्डौं छुट्दै छ ‘बुलेट एसी’ बस

विराटनगर–काठमाण्डौं छुट्दै छ ‘बुलेट एसी’ बस

विराटनगर । विराटनगरसहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । आगामी सोमबारदेखि विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस छुट्ने भएको हो ।

बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपिँया कायम गरिएको ब्यवस्थापन कार्यालय विराटनगर बसपार्कका इन्चार्ज राजु धमलाले जानकारी दिनुभयो ।

भाइकिङ्ग बस भएका कारण यो ३९ सिट क्षमता हुन्छ । यसका सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउने छ । व्यवस्थापक धमलाका अनुसार कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ । किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन । किटमा पानी, ग्लोब्स, मास्क र केहि रुघाखोकी लाग्दा सेवन गर्ने औषधीहरु समावेश गरिने छ ।

सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस संचालनमा ल्याएका हुन् । ५ करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ ।
यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउटरबाट टिकट लिन पाउने ब्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समुहले २७ सिटर बस २÷१ सोफा लक्जरि सिट सहितको बसहरु संचालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बस भित्रै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्