विराटनगरका पुष्प थापा प्रदेश एक क्रिकेट प्रशिक्षकमा नियुक्त

विराटनगरका पुष्प थापा प्रदेश एक क्रिकेट प्रशिक्षकमा नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेश एकको क्रिकेट प्रशिक्षकका रुपमा विराटनगरका पुष्प थापालाई चयन गरेको छ । क्यानले देशका सात वटा प्रदेशका लागि १० जना प्रशिक्षक चयन गरेको हो ।

विराटनगर निवासी पुष्प थापा नेपालका लागि सन् २००८ मा मलेशियामा भएको अन्डर १९ क्रिकेट विश्वकप खेलिसकेका छन् । साथै उनले प्रदेश एकको टोलीको कप्तानी गरिसकेका छन् ।

थापाले हामीसँग कुरा गर्दै क्यानले दिएको जिम्मेवारी पुरा गर्न सक्नेमा विश्वस्त हुदै प्रशिक्षक नियुक्त भएकोमा खुसी व्यक्त गरे । उनले भने,'छनौट भए भने यि कुराहरु गर्छु भनेर सोच बनाएको थिएँ । अब त्यसैमा लागेर क्रिकेटका लागि काम गर्नेछु ।'

उनले गत वर्ष आवर विराटनगरसँग कुरा गर्दै आफ्नो आर्थिक अवस्था र परिवारको जिम्मेवारीका कारण क्रिकेट छाड्नु पर्ने अवस्थामा पुगेको बताएका थिए । उनले भनेका थिए 'सबै कुरा छाडेर क्रिकेटको पछि लागेको थिए । क्यानले माग गरेको प्रदेश प्रशिक्षकको लागि आवेदन दिएको छु । जिम्मेवारी दिनु भयो भने धेरै समस्याका समाधान हुनेछ र मेरो क्रिकेट यात्रा निरन्तर हुनेछ ।'

क्यानले प्रदेश एकमा थापाका साथै दुईमा प्रकाश शर्मा र सुनिल कुमार साह, बागमती प्रदेशमा संजय महर्जन, गण्डकी प्रदेशमा रिजन प्राजु, लुम्बिनि प्रदेशमा बसन्त शाही र जमित ए अन्सारी, कर्णाली प्रदेशमा बिरेन्द्र शाही तथा सुदुरपश्चिम प्रदेशमा खेमराज भट्ट र जानकी भट्टलाई प्रशिक्षक चयन गरेको छ ।

हेर्नुहोस् पुरानो भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्