प्रदेश प्रमुख प्यासीद्वारा संविधान दिवसको शुभकामना सन्देश

प्रदेश प्रमुख प्यासीद्वारा संविधान दिवसको शुभकामना सन्देश

विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । सातौं संविधान दिवसको अवसरमा आइतबार प्रदेश प्रमुख प्यासीले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने शुभभावनासहित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगतिको कामनासहितको शुभकामना व्यक्त गर्नु भएको हो ।

स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, सार्वभौम अधिकार, स्वायत्तता, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र अग्रगामी परिवर्तनका लागि निरङकुश जहाँनिया शासन, तानाशाही निर्दलीय एकतान्त्रीक शासन व्यवस्थाबाट मुक्त गर्न आफ्नो जीवन उत्सर्ग गर्ने सबै महान शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा श्रद्धासुमन अर्पण सन्देशमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्