ब्लड फर लाईफको सस्थापक कार्यसमिति गठन

ब्लड फर लाईफको सस्थापक कार्यसमिति गठन

सामाजिक संस्था ब्लड फर लाईफको सस्थापक कार्यसमिति गठन भएको छ । सस्थापक कार्यसमितको अध्यक्षमा अभिषेक गौतम चयन भएका छन् ।

गौतमका साथै सस्थापक कार्यसमितिको उपाध्यक्षमा कृतान्जली बराल,सचिवमा रिवाज खतिवडा , सह-सचीवमा भावुक घिमिरे, कोषाध्क्षमा पुजा बिस्वास ,सह कोषाध्यक्षमा प्रजिला वाग्ले
तथा सदस्यहरुमा रितेस रौनियार, महेस पास्वान र अञ्जली राजवंशी चयन भएका छन् ।

दैनिक रुपमा देखिने रगत अभाव र त्यसको कारण कसैले पनि जीवन गुमाउनु नपरोस् भन्ने मनसायले यो संस्थाको सुरुवात गरिएको अध्यक्ष गौतमले आवर विराटनगरलाई जानकारी दिए । उनले भने, 'हामी युवाहरु ले पनि अब समाजका निमित्त केहि गर्नुपर्छ भन्ने भावनाले उत्प्रेरित भइ सस्था स्थापना गरेका हौं ।'

विगत ५ महिनायता सुरु भएको सस्थाले हालसम्म ४ सय युनिट रगत संयोजन गरिसकेको अध्यक्ष गौतमले जानकारी दिए । उनले संस्थामा १४ जना स्वयमसेवकहरुको सहभागीता रहेको बताए ।

गौतमले रगतको अभाव जो कोहिलाई पर्न सक्ने बताउदै 'रगत छ र त जीवन छ' भन्ने मुल नाराका साथ रक्तदानको सहजीकरण गरिरहेको बताए । उनले रक्तदानको अभियानमा सरिक हुन व्यक्तिगत र सस्थागत तर्फबाट अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्