विराटनगरका श्रीजयको ‘ हतासिन्छ यो मन’ अफिसियल युट्युब च्यानल ‘श्रीजय थपलिया’ मार्फत सार्वजनिक

विराटनगरका श्रीजयको ‘ हतासिन्छ यो मन’ अफिसियल युट्युब च्यानल  ‘श्रीजय थपलिया’ मार्फत सार्वजनिक

विराटनगर।

विराटनगरका चर्चित गायक श्रीजय थपलियाले ' हतासिन्छ यो मन ' बोलको नयाँ म्युजिक भिडियो अफिसियल युट्युब च्यानल 'श्रीजय थपलिया' मार्फत सार्वजनिक गरेका छन्। सो गितमा उनले दुई लेजबियनविचको मायालाई प्रस्तुत गर्न खोजेका छन्।

आवर विराटनगर संग कुरा गर्दै उनले भने हाम्रो समाजले यस्तो सम्बन्धलाई आजका दिनसम्म स्वीकारेको अवस्था छैन। यहाँ त महिला र पुरुषविचको सम्बन्ध मात्रै सम्बन्ध मानिन्छ बाकि सम्बन्धहरूलाई हाम्रो आफ्नै परिवार वा समाजले स्वीकार्दैन। यस भिडियोमा दुई महिलाबीच मायाका रुपमा उत्पन्न हुने भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्न खोजिएको छ जहां जीवन खुशी साथ बिताउन महिला र पुरुषबीच सम्बन्ध हुदाँ मात्र खुशी हुदैनन् यदि त्यहाँ दुई महिला एकापसमा संगै हुदाँ उनीहरु खुशी अनि सुखी हुन्छन् भने यस्ता सम्बन्धलाई समाजले स्वीकार्दै लैजानुपर्ने स्थितिको सिर्जना गराउनुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ।

सुलभ सिंह क्षेत्रीको निर्देशन रहेको यस म्युजिक भिडियोमा शब्द हिमान्सु रायमाझि ' गोधुंली ' को रहेको छ भने विराटनगरका चर्चित युवा गायक श्रीजय थपलियाको रहेको छ। साथै यस भिडियोमा उन्नति महर्जन र स्वीकृति प्याकुरेलले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन्। थपलिया भन्छन् यसअघि पनि आफ्ना थुप्रै गितहरु सार्वजनिक भैसकेका भएपनि यसमा भने अलि भिन्न कथावस्तुलाई प्रस्तुत गरेका छौं र दर्शक श्रोताको भरपुर माया र साथ पाउने आफुहरुलाई आशा अनि अपेक्षा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्