ओखलढुङ्गामा सुरु गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द

ओखलढुङ्गामा सुरु गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द

ओखलढुङ्गा।

दीर्घरोगीलाई टेलिफोन मार्फत सेवा दिने उद्देश्यले जिल्लामा सुरुवात गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ । कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गौलाजस्तो बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो ।

सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन जारी गरेपछि दीर्घरोगीले नियमित सेवन गर्ने औषधि खरिद गरिदिन र फलोअपका लागि अस्पताल सम्म पुर्याईदिन माग गरेका थिए । ती बिरामीले नै एक वर्षसम्म सो सेवा नलिएपछि बन्द गरिएको जनाइएको छ ।

सेवा लिने नागरिकले नै चासो नदेखाएपछि हाल उक्त सेवा बन्द गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज बानियाले जानकारी दिनुभयो । “सेवा त सुरु गरियो तर, खै किन हो ? जानकारी नभएर हो कि सेवाग्राही नै भएनन् । त्यसैले अहिले बन्द गरेका छौँ ।” उहाँले भन्नुभयो । “निकै प्रभावकारी हुने अनुमान गरिएको थियो । सोचेजस्तो भएन ।” विशेषज्ञ डाक्टर परामर्शका लागि तयारी अवस्थामा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्