प्रदेश १ भरका २३६ प्रहरी कार्यालय आधुनिक र आकर्षक भवनमा

प्रदेश १ भरका २३६ प्रहरी कार्यालय आधुनिक र आकर्षक भवनमा

विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरकोे ४२ वर्षपछि नयाँ र आधुनिक भवन निर्माण भएको छ । २०३६ सालमा सरकारी बजेट ५० लाखमा बनेको पुरानो संरचनाबाट नयाँ संरचनामा सर्ने भएको हो । प्रदेश सरकारको लगानीमा पुरानो संरचना भत्काएर नयाँ भवन निर्माणाधिन चरणमै रहेको छ ।

प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नविन राईका अनुसार प्रदेशभरमा २३७ वटा पक्की संरचनामा प्रहरी कार्यालयहरु रहेका छन् । प्रदेशभर ५७९ वटा प्रहरी कार्यालयहरु रहेका छन् । जसमध्ये आफ्नै पक्की भवन २३७ वटा, कच्ची भवन १५० रहेका छन् । अझैपनि ६४ प्रहरी इकाई भाडाका घरमा रहेका छन् । त्यसैगरी अन्य विभिन्न कार्यालय प्रयोग गरेर बसेका १२५ प्रहरी इकाईहरु छन् । तेह्रथुममा ३ वटा प्रहरी चौकी (ख) स्थापना हुन बाँकी छन् ।

प्रदेश प्रहरी कार्यालय जस्तै प्रदेश १ का १४ जिल्ला कार्यालयमध्ये १३ जिल्ला प्रहरी कार्यालयको भवन पक्की रहेको छ । धनकुटा जिल्लाको निर्माणाधिन चरणमै रहेको छ । बाँकी कार्यालयहरुको आधुनिक र नयाँ भवनमा छन् । इलाका प्रहरी कार्यालय (क) ४६ मध्ये ४१ पक्की भवन र ३ वटा कच्ची भवनमा रहेको छ । यसैगरी इलाका प्रहरी कार्यालय (ख) ४५ वटा भवनमध्ये ३० वटा पक्की भवन र ११ वटा कच्ची भवनमा रहेका छन् । वडा प्रहरी कार्यालय (क) २ वटाध्ये एउटा पक्की र एउटा कच्ची भवनमा रहेका छन् । यसैगरी वडा प्रहरीक कार्यालय (ख) २ वटा कार्यालयमध्ये एउटा कच्ची भवनमा रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय १२, ट्राफिक प्रहरी कार्यालय ६ वटा, ट्राफिक प्रहरी पोष्ट ३४ वटा, सीमा प्रहरी चौकी १६ वटा, प्रहरी चौकी (क) २५२ र (ख) ३५ वटा, अस्थायी प्रहरी चौकी ७३ वटा, अस्थायी प्रहरी पोष्ट ३०, नगर प्रहरी कार्यालय १, अस्थायी नगर प्रहरी चोकबजार १, प्रहरी बिट ६ वटा, पर्यटक प्रहरी १ र सुरक्षा प्रहरी बेश क्याम्प ३ वटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्