विराटनगरस्थित क्युरा हेल्थले मधुमेहको नि ः शुल्क जाँच गर्दै

विराटनगरस्थित क्युरा हेल्थले  मधुमेहको नि ः शुल्क जाँच  गर्दै

विराटनगर।

विश्वब्यापि महामारी कोरोनाले हमि सबैलाई सतर्कता अपनाउनुपर्ने रहेछ भन्ने कुरा सिकाएको छ । यसै विषयलाई मध्यनजर गर्दै विराटनगरमा संचालित क्युरा हेल्थ कम्पनीले बिभिन्न बैक, वित्तिय संस्था , कलकारखाना अफिस लगायत विराटनगरका सबै टोलमा क्युरा हेल्थले मधुमेहको जाँच नि ः शुल्क गर्दै आएको छ ।

क्युरा हेल्थले बिराटनगरको कुनै पनि ल्याबबाट मधुमेहको जाँच गरी मोवाईलमा रिर्पोट प्रदान गरिरहेको छ । साथै यसले अडियो भिडियोकल मार्फत नेपालको कुनैपनि चिकित्सकसंग परामर्श एक हप्तासम्म च्याट गर्न मिल्ने सुबिधाको ब्यवस्था पनि गरेको संचालक सुमन मगा्रन्तिले जानकारी दिए ।

अब कुनैपनि अस्पताल र क्लिीनिकको पुर्जा घर बसी अनलाईनको माध्यमबाट काट्न मिल्ने सुबिधाको ब्यवस्था पनि क्युरा हेल्थले गरेको छ । साथै क्युराले बिशेष छुटसहित घर बसिबसि कुनै पनि ल्याबबाट रगत जाँच गराउन मिल्ने, त्यो पनि घरमा आएर सेम्पल कलेक्सन गरेको कुनैपनि अन्य शुल्क नलाग्ने जनाएको छ ।

कोरोनाको समयमा मधुमेका बिरामिको संख्या अत्याधिक मात्रामा बढ्दै गएपछि सोहि तथ्याङकलाई मध्यनजर गर्दै क्युराले र्यानडम ब्लड सुगर टेस्ट नि ः शुल्क गरेको छ ।

क्युराबाट बैँकमा सनराईज बैँक, माछापुछ्रे बैँक, ऐभरेस्ट बैँक, प्रभु बैँक,वाणिज्य बैँक,सिद्धार्थ बैँक लगायतले सुविधा लिएका छन् भने टोलमा अमरटोल, खार्जिटोल, शान्ति टोल, सुविधा टोल विकास संगठनका साथै लायन्स ब्लड फाउन्डेसन, रिलाएबल नेपाल लाईफ ईन्सुरेन्स, नेपाल बुद्दिजिवी परिषद मोरङ्ग जस्ता बिभिन्न संघ संस्थाले यो सुविधा प्रयोग गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्