छोरीको हत्या भएको परिवारको दाबी, ३ जना विरुद्ध किटानी जाहेरी

छोरीको हत्या भएको परिवारको दाबी, ३ जना विरुद्ध किटानी जाहेरी

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरमा एक जना महिलाको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

२२ वर्षीय रोजीना गिरीको आइतबार बिहान लोबेडमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । घाँटीमा सल बाँधिएको अवस्थामा रोजिनाको शव लोबेडमा घोप्टो पारिएको अवस्थामा फेला परेको र शरिरमा पनि निलडाम भएकोले मृतकका माइती पक्षले हत्या गरेको आरोप लगाएका छन् ।

छोरीको शंकास्पद अवस्थामा शव फेला परेकोले घटना रहस्यम रहेकोले प्रहरी प्रशासनले घटनाको निष्पक्ष छानबिन गरिनुपर्ने मृतकका बुबा धर्म गिरीले बताए । उनले छोरीको शवको प्रकृति हेर्दा घटना रहस्यमय देखिएको जानकारी दिए । 'घाँटीमा सल बाँधिएको छ । तर, शव लोबेडमा घोप्टो अवस्थामा फेला परेको छ,' उनले भने, 'अनुहारमा भाग पनि पुरा कालो भएर शरिरमा चोटपटक लागेको छ ।'

‘छोरीको हत्या गरेपछि आत्महत्या देखाउन झुण्डाएका हुनसक्छ,’ बुबा धर्म गिरीले भने, ‘यस घटनामा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुुसन्धान सुरू गरिनु पर्दछ ।’ मृतक रोजिनाको गत भदौमा विनोद काफ्लेसँग विवाह भएको हो । रोजिनाको माइती उर्लाबारी ८ दुर्गापुरी हो । उनीहरूको प्रेम सम्बन्धपछि विवाह भएको थियो । विनोदले विवाह गरेपछि करिब ६ महिना अगाडि वैदेशिक रोजगारका लागि दुबईमा छन् ।

माइती पक्षले घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरूद्ध किटानी जाहेरी पनि दिएका छन् ।
उनीहरूले इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर सासु , जेठान र जेठानी विरुद्ध जाहेरी दिएको मृतकका काका विक्रम जङ्ग कार्कीले जानकारी दिए ।

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले मृतकको शव पोस्माटम गर्न धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएको जानकारी दिए । मृतकका श्रीमान् आएपछि मात्र पोष्टमार्टम गरिने परिवारजनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्