झापा।
झापा मेचीनगर नगरपालिका ४ राईसिंगबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् ।
प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले ९ ग्राम ब्राउन सुगर सहित उनलाई हिजो बेलुका ६ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।