क्रेनले किचेर झापामा एकजनाको घटनास्थलमै मृत्यु

<span class='c1'>क्रेनले किचेर झापामा</span> <span class='c2'>एकजनाको घटनास्थलमै मृत्यु</span>

विराटनगर ।

झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् ।

मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको हिजो बेलुका पौने ६ बजे सुखानीबाट टाईटिङ खोला तर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेनको पछाडी साइडको भागमा चढी बसेको अवस्थामा पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो ।

क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्