असोज ६ र ७ गते लक्षित समुहलाई ‘एषट्रेजेनेका’ खोप लगाइने; सुचानासहित

<span class='c1'>असोज ६ र ७ गते </span> <span class='c2'>लक्षित समुहलाई ‘एषट्रेजेनेका’ खोप लगाइने; सुचानासहित</span>

विराटनगर ।

आकृति रानी फुयल ।

विराटनगर महानगरपालिका मोरंग विराटनगरले कोभिड -१९ विरुद्धको खोप अभियान यहि असोज ६ र ७ गते संचालन गर्ने भनि सार्वजनिक सुचना निकालेको छ।

यस अभियान अन्तर्गत औद्योगिक क्षेत्रमा कार्यरत नेपालि कामदार र निजि तथा सरकारी संस्थामा स्वास्थ्य विषयमा अध्ययनरत विध्यार्थिहरुलाई खोप लगाइने सुचनामा उल्लेख गरिएको छ।

गत असोज १ गते बसेको जिल्ला खोप समितिको बैठकको निर्णय र स्वास्थ्य कार्यालय मोरंगले जारि गरेको पत्र अनुसार यसभन्दा अगाडी कोरोना विरुद्धका कुनैपनि खोप नलगाएका १८ वर्ष पुरा भएका व्यक्तिहरुको लागि 'एषट्रेजेनेका' नामको खोप यस खोप अभियानमा लगाइने सुचनामा जनाइएको छ।

यसपटक लगाइने खोप लक्षित समुहमा पर्ने व्यक्तिहरुले तोकिएको मध्ये आफुलाई पायक पर्ने खोप केन्द्रमा अनलाइन दर्तापछि प्राप्त हुने विद्युतीय दर्ता नम्बर, सम्बन्धित कलकारखानाको सिफारिस पत्र र नेपालि नागरिकताको प्रतिलिपि साथमा लिएर जानुपर्ने सुचनामा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्