ग्यास सिलिण्डर लिक हुँदा घाइते भएका दम्पतिको उपचारको क्रममा मृत्यु

<span class='c1'>ग्यास सिलिण्डर लिक हुँदा घाइते भएका</span> <span class='c2'> दम्पतिको उपचारको क्रममा मृत्यु</span>

विराटनगर।

झापाको अर्जुनधारामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका एक दम्पतीको गएराती उपचारको क्रममा मृत्यु भएको छ ।

गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा भएको आगलागीमा परी झापा अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल, उनकि श्रीमती दुर्गा खनाल र छोरा पकज खनाल घाइते भएका थिए ।

खनाल परिवारलाई उपचारको लागि काठमाडौँस्थित किर्तिपुर अस्पताल लगिएको भएपनि खनाल दम्पतिको भने उपचारका क्रममा निधन भएको छिमेकी कमल पोख्रेलले जानकारी दिए ।

खनाल दम्पतिको उपचारकै क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। श्रीमान् रोमको निधन सोमबार राति पौने ८ बजे भएको थियो त्यसैगरी उनकी श्रीमती दुर्गाको राति ११:१५ बजे निधन भएको थियो भने छोरा पंकजको अवस्था सामान्य रहेको जनाइएको छ । साथै सामान्य अवस्थामा रहेका पंकजलाई अस्पतालले आज डिस्चार्ज दिनेछ।

खनालको परिवारमा मृतक रोमका आमा, एक छोरा र एक छोरी छन् जो अहिले छिमेकीको घरमा बसिरहेका छन् । यसैबीच, मृतक खनाल दम्पत्तिको काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्