देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ५ संक्रमितको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ५ संक्रमितको मृत्यु

काठमाडौं ।

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय २२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ६ सय २६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९ सय ९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८३० जना कोरोनामुक्त,५ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ३० जना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ७ लाख ५४ हजार ४ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ६ सय २२ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ५८ हजार २ सय ४२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्