इटहरीले भौतिक प्रगतिमा फड्को मारेको प्रमुख चौधरीको दाबी

इटहरीले भौतिक प्रगतिमा फड्को मारेको प्रमुख चौधरीको दाबी

इटहरी । इटहरी उप-महानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको बताएका छन् ।

कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पौष सम्ममा इटहरीका प्रायः सबै मुलबाटोहरु पिच भईसक्ने दाबी गरे । प्रमुख चौधरीले चार बर्षमा एक सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । यो आर्थिक बर्षमा थप एक सय किलोमिटर सडक कालोपत्रे हुने गरि धमाधम काम भईरहेको जानकारी दिए । चार बर्षमा ४० किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछ्याउने काम भएको र यो बर्ष थप १० किलोमिटर भित्री बाटोहरुमा ब्लक ओछ्याई सकिने उनले बताए । उनका अनुसार केहीदिन भित्रै ५ करोड लगानीमा बन्ने हुलाकी सडक अन्तर्गतको पूल शिलान्यास हुनेछ ।

इटहरीमा पछिल्लो चार बर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भईसकेको छ । चारवटा ठूला पुल निर्माणको प्रक्रिया सुरु भएको छ । इटहरीमा चाँडै नै १ अर्ब ३७ करोडको वल्र्ड बैंकको परियोजना सञ्चालन हुन लागेको प्रमुख चौधरीले बताए । त्यसका लागि सम्झौता भईसकेको उनले जानकारी दिए । यसबाहेक इटहरीमा ८ वटा वडा कार्यालय भवन समेत निर्माण भईरहेको भन्दै उनले केही महिनाभित्रै इटहरीका सबै वडाबाट स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउने दाबी गरे ।

यस्तै इटहरीमा १४ वटा स्वास्थ्य इकाई भवन निर्माण सकेर केही महिनामै स्वास्थ्य सेवा सुरु गरिने तयारी रहेको बताईएको छ । त्यसका लागि आवश्यक जनशक्ति, फर्निचर, औषधी लगायतको समेत व्यवस्था भईसकेको बताईएको छ ।

यसबाहेक इटहरीमा इर्मेजेन्सी ब्लक सहितको ३ तले २३ कोठे इटहरी अस्पतालको भवन समेत निर्माण भईरहेको छ । अहिले इटहरी अस्पतालमा एम.डि.जि.पी सहित ५४ जनाले सेवा प्रदान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्