काङ्ग्रेस १४औं महाधिवेशन: लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा योगराज दाहाल सर्वसम्मत निर्वाचित

काङ्ग्रेस १४औं महाधिवेशन: लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा योगराज दाहाल सर्वसम्मत निर्वाचित

विराटनगर।

आकृति रानी फुयल।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि लेटाङ वडा नम्बर २ बाट लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा नेपाल विद्यार्थी संघका २२ वर्षीय विद्यार्थी नेता योगराज दाहाल सर्वसम्मत निर्वाचित भएका छन्।

आवर विराटनगरसंग कुरा गर्दै उनि भन्छन्, ' लेटाङ नगरपालिकामा जम्मा ९ वडाहरु छन् जसमध्ये वार्ड नम्बर २ बाट म सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको हुँ '। करिव ७ सय ८५ कृयाशिल सदस्य रहेको लेटाङ नगरमा आफुलाई निर्विरोध निर्वाचित गराउने सम्पुर्ण कृयाशिल मान्यजनहरुमा हार्दिक आभार एवम् धन्यवाद दिंदै त्यसैगरी चौधौ◌ँ महाधिवेशनको अवसरमा क्षेत्रीय प्रतिनिधिबाट अझै एक खुड्किलो उक्लिनको निमित्त यसरी नै सबैको साथ सहयोग सहित माया गरिदिनुहुन्छ भन्ने मैले पुर्ण रुपमा बिश्वास लिएको उनले बताए । साथै उनले प्रदेश १ को मोरङ क्षेत्र नम्बर १ ( ख ) बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने कुरा पनि जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्