इटहरी । सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान सँवा १० बजे ईटहरी–बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ठक्कर दिने ट्याक्टर र चालक सुनसरी–७ का ३० बर्षीय कार्तिक रिसिदेब नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।