आज जन्मीइन् नायिका प्रियंका र आयुष्मानकि छोरी ‘आयंका’

आज जन्मीइन् नायिका प्रियंका र आयुष्मानकि छोरी ‘आयंका’

विराटनगर।

नेपालि सिने जगतकी चर्चित नायिका प्रियंका कार्की आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा श्रीमान् आयुष्मान देशराज जोशी संगै भर्खर जन्मिएकी छोरी आयंका कार्की जोशीको तस्विर राख्दै आफु आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्की जोशीलाई स्वागत छ भनेर लेखेकी छन् । तस्वीरमा प्रियंका र उनका पति एवं नायक आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

यो जोडीले वि.सं‍. २०७६ साल फागुण १६ गते विवाह गरेका थिए । आफु गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा र आलोचना समेत भएको थियो । उनीहरुले छोरी जन्मिनु अघि नै नाम के राख्ने सोचिसकेका थिए र आयंका फाउन्डेसन नामक संस्था समेत संचालनमा ल्याइसकेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्