कटहरीका अध्यक्ष रामकुमार कामतले क्षेत्रीय प्रतिनिधि जित्न जालझेल गरेको आरोप

कटहरीका अध्यक्ष रामकुमार कामतले क्षेत्रीय प्रतिनिधि जित्न जालझेल गरेको आरोप

कटहरी–१ मा हार्ने भएपछि फिर्ता, कटहरी–२ मा भतिजाको नाम काटेर उमेद्वार
विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन जालझेल गरेको आरोप छ । कटहरी–२ का स्थायी वासिन्दा कामतको क्रियाशिल सदस्य कटहरी–१ मा रहेको थियो । कटहरी–१ को क्रियाशिल सदस्य संख्या–१ रहेका कामतलाई त्यहाँबाट क्षेत्रीय प्रतिनिधिमा हराउने योजना बनेको थाहा पाएपछि कटहरी–२ का श्रवण कामतको नाममा टिपेक्स लगाएर आफ्नो नाम लेखि उमेद्वार बनेको भन्दै विरोध सुरु भएको हो ।

कामतले कटहरी–१ बाट मधेशी कोटामा उमेद्वारी दिने ईच्छा राख्नु भएको थियो । तर, त्यसमा अर्को प्रतिस्प्रर्धी हुने भएपछि खुल्लातर्फ उमेद्वारी दर्ता गराउनु भएको थियो । खुल्लामा समेत हार्ने निश्चित भएपछि दिउँसो २ बजे नै उमेद्वारी फिर्ता लिनु भएको थियो ।
कटहरी–१ बाट उमेद्वारी फिर्ता लिएपछि कटहरी–२ मा आफ्ना भतिजा श्रवण कामतले दर्ता गरेको मनोनयन पत्रमा आफ्नो नाम लेखाएर उमेद्वारी बनेको आरोप छ । श्रवणको क्रियाशिल सदस्यता नम्बर १४ मा रामकुमार कामतको नाम उल्लेख गराइएको हो । निर्वाचन अधिकृत रामकुमार राजबंशीलाई प्रभावमा पारेर श्रवण कामत लेखेको मनोनयन पत्रमा रामकुमार लेखेर उमेद्वार बनेको भन्दै कटहरीमा भने त्यसको चौतर्फी विरोध सुरु भएको हो ।

कामतले हिजो ३ बजे आफ्नो नामावली १ नम्बर वडाबाट २ नम्बरमा सारिएको चिठ्ठी समेत केन्द्रीय कार्यालयबाट मगाउनु भएको छ । मतदान अधिकृत राजबंशीलाई जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले १ नम्बरबाट नभएपछि २ नम्बर वडामा श्रवण कामतको मनोनयन पत्रमा केरमेट गरेर उमेद्वारी दर्ता गर्न दवाव दिएको आरोप छ । तर, कटहरी–२ को मतदाता तथा क्रियाशिल सदस्यको सूचिमा रामकुमार कामतको नाम छैन ।

गाउँपालिकाका निर्वाचित भएपछि राम्रो काम नगरेको भन्दै कटहरी–१ का काँग्रेस कार्यकर्ता नै रुष्ट रहँदै आएका थिए । कटहरी–२ मा आफ्नो घरजग्गा रहेपनि १ क्रियाशिल सदस्य १ मा राखेर अनावश्यक राजनीति गर्दै आएको आरोप कामतमाथि छ । कामतले पार्टीको महाधिवेशनका क्रममा २ नम्बर वडाबाट दिएको उमेद्वारी खारेज गराउन काँग्रेसकै कार्यकर्ता अदालत जाने तयारी समेत गरेका छन् । तर, यस विषयमा कामतसँग भने कुरा हुन सकेन । सम्पर्क गर्न खोज्दा रिङ्ग गईसकेपछि मोवायल स्वीच अफ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्