पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको अध्यक्षमा विराटनगरकि निर्देशक ‘दीपाश्री’ नियुक्त

<span class='c1'>पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको</span> <span class='c2'>अध्यक्षमा विराटनगरकि  निर्देशक ‘दीपाश्री’ नियुक्त</span>

विराटनगर।

पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन 'पिफ्ट' को अध्यक्षमा कलाकार तथा निर्देशक दीपाश्री निरौला नियुक्त भएकी छिन् |

इटहरीस्थित इन्स्टिच्युटकै सभा हलमा भएको एक कार्यक्रमका बिच निरौलालाई अध्यक्षमा नियुक्त गरिएको हो। त्यसैगरी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईलाई इन्स्टिच्युटको संरक्षकको रूपमा राखिएको कार्यक्रम मार्फत जानकारी गराइएको छ ।

त्यस्तै इन्स्टिच्युटको सल्लाहकार समिति पनि सोही कार्यक्रमबाट तय गरिएको छ । वरिष्ठ सल्लाहकारमा निर्देशक तथा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान, महासंघ महासचिव तथा अभिनेता दिनेश कोइराला र महासंघ उपाध्यक्ष प्रकाश सुब्बालाई पनि सल्लाहकार समितिमा चयन गरिएको छ ।

कार्यक्रममा बोल्दै निरौलाले आफ्नै ठाउँमा यसरी अध्यक्ष जस्तो गरिमामय पदमा बस्न पाउँदा आफूलाई खुसी लागेको बताएकी छिन्।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथि रहेका फिल्म निर्माता तथा अभिनेता दीपक राज गिरिले पनि कलेज तथा दिपालाई बधाई दिएका छन् । साथै कार्यक्रममा बोल्दै उनले पहिले आफूहरूले परेर सिकेको तर, अहिले पढेर सिक्न सके मात्रै प्रतिस्पर्धी बजारमा उत्रिन सकिन्छ भने ।

ईन्स्टिच्युटले अहिले विभिन्न सर्ट मुभीहरू पनि निर्माण गरिरहेको छ । जसले गर्दा त्यहाँ पढ्ने विद्यार्थीहरूले अवसरको अनुभव र आफ्नो कलालाई पोख्ने मौका पाईरहेका छन् । त्यस्तै नृत्यको कक्षा समेत सञ्चालन गरिरहेको यस इन्स्टिच्युटमा फिल्म मेकिङ सँगै निर्देशन , शब्दलेखन , छायांकन , अभिनय, सम्पादन लगायतका कोर्सहरू पढाई हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्